BibleLife Style

बाइबल : केहि रोचक जानकारी

  1.  बाइबल शब्द को ठेट अर्थ किताब अर्थात पुस्तक हो । यो ल्याटिन भाषाको Biblia भन्ने शब्दबाट आएको हो ।
  2. बाइबलमा 1189 अध्यायहरू छन् । पुरानो करारमा 929 अध्याय छन् भने नयाँ करारमा 260 अध्यायहरू छन् ।
  3. भजन संग्रह 119 अध्याय सबै भन्दा लामो अध्याय हो भनें, भजन संग्रह कै 117 सबै भन्दा छोटो अध्याय हो ।
  4. बाइबलको सबै भन्दा छोटो पद यूहन्ना 11:35 हो भने, सबै भन्दा लामो पद एस्तर 8:9हो
  5. बाइबलमा 611,00 शब्दहरू छन् ।
  6. धेरै शब्दहरू भएको आधारमा सबै भन्दा लामो पुस्तक यर्मिया हो जसमा लगभग 33000 शब्दहरू छन् (हिब्रु भाषाको आधारमा)।
  7. बाइबलमा सबै भन्दा धेरै बाँचेको मानिस मतूशेलह हुन जो 969 वर्ष बाँचेका थिए ।
  8. बाइबलभित्र लगभग 185वट गित भजनहरू समावेश छन्।
  9. बाइबल अनुसार हनोक र यलिया मात्र दुइ जनाहुन जसले सारीरिक मृत्युलाइ भोगेनन्।
  10. ख्रिस्टियन भन्ने शब्द बाइबलमा 3 पटक मात्र उल्लेख छ ।
  11. बाइबल 683 विभिन्न भाषाहरूमा उल्था गरीएको छ ।
  12. पुरानो करार पहिलो पुस्तक देखी अन्तिम पुस्तक सम्म तयार हुन 1,500 वर्ष भन्दा बढि लाग्यो ।
  13. नयाँ करार 50-75 वर्ष भित्र पुरा भएको मानिन्छ ।
  14. लियोनार्दो द भिन्चिको ‘अन्तिम भोज’ र मिखालेन्जलोको ‘आदमको सृष्टि’ सबै भन्दा बढि कपि गरिएको चित्रकलाहरू हुन् ।
  15. सबै भन्दा बढि बाइबल प्रिन्ट हुने देश चाइना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button