Bible

बाइबल कसले लेख्यो?

बाइबल परमेश्वरको वचन हो। यसको लेखक परमेश्वर नै हुनुहुन्छ। हो, यसको लेखक परमेश्वर नै हुनुहुन्छ। मैले यसो भनेपछि तपाईंले मलाई सोध्नुहुनेछ, ‘‘बाइबलका प्रायजसो पुस्तकहरूको शुरूमा नै ‘फलानाले लेखेको’ भनेर लेखकहरूका नाम दिइएका छन्! अनि कसरी परमेश्वरको वचन भयो?’’ हो, बाइबलका अधिकांश पुस्तकहरूको लेखक फलाना भनेर उल्लेख गरिएका छन्। बाइबल मानिसले नै लेखेका हुन्। यो स्वर्गबाट लेखेर संसारमा खसालिएको पुस्तक होइन, तर पनि यो परमेश्वरको वचन हो। मानिसले नै लेखेपछि कसरी परमेश्वरको वचन भयो भन्ने विरोधाभासजस्तो लाग्ने प्रश्नको उत्तर अब सुन्नुहोस्।

२तिमोथी ३,१६-१७मा लेखिएको छ,
सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, 17ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।

बाइबल परमेश्वरको प्रेरणाबाट लेखियो। परमेश्वरको प्रेरणा कसलाई हुन्छ? अवस्य पनि मानिसलाई हुन्छ। यहाँ ‘परमेश्वरको प्रेरणा’ वाक्यांशको लागि ग्रीक शब्द θεόπνευστος (थेओप्न्युस्टोस) चलाइएको छ, जसको शाब्दिक अर्थ परमेश्वरद्वारा सास फुकिनु हो। यसलाई अझै सरल ढङ्गले बुझ्ने हो भने यसो भन्नुपर्ने हुन्छ, जीवन दिनु! यसको उदाहरण आदमलाई हेर्नुस्। परमेश्वरले आदमलाई माटोबाट बनाउनुभयो — सम्झनुस्, ऊ माटोको मूर्ति नै हो। उसमाथि सास फुकिएपछि ऊ जीवित भयो, अर्थात् मानिसमा जीवन आयो। बाइबल लेख्नको लागि पनि यही सूत्र लागू भयो। परमेश्वरले सास फुक्नुभएका घटनाहरूलाई बाइबलबाट सङ्कलन गरेर अध्ययन गर्ने जिम्मा म तपाईंहरूलाई नै दिन्छु।

बाइबलमा लगभग ३५ जना लेखकहरूको नाम उल्लेख गरिएका छन्। पवित्र आत्माको प्रेरणा, अर्थात् सास फुकिएपछि परमेश्वरले चाहनुभएका कुराहरू तिनीहरूले लेखे — तिनीहरूलाई लेखूँ—लेखूँ पार्ने बनाउनुभयो। यसरी आफ्ना योजनाहरू पूरा गर्नको लागि उहाँले मानिससँग सहकार्य गर्नुभयो। यस मानेमा लेखक मानव भए पनि लेखिएका वचनको कर्ताचाहिँ परमेश्वर नै हुनुहुन्छ। लेख्नको लागि परमेश्वरले विभिन्न युगका राजाहरू, अगमवक्ताहरू, डक्टर, येशूका चेलाहरूलाई चलाउनुभयो। यसकारण बाइबल परमेश्वरको वचन हो, जो मानवद्वारा लेखियो!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button